कामना सेवा विकास बैंक साफा अवार्डबाट सम्मानित

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार १८:२०


काठमाडाैं, कार्तिक ९ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेड “साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३” बाट सम्मानित हुने भएको छ ।

बैंक साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित हुने भएको हो ।

साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/०२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

बैंकले आफ्नो १७ औँ वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले ११ नोभेम्बर २०२४ मा श्रीलंकाको कोलम्बाेमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्ने भएकाे हाे ।

साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, माल्दिभ्स र अफगानिस्तानलगायत विभिन्न ११ वटा दक्षिण एशियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरू समावेश रहेका छन् ।

साफाले हरेक वर्ष दक्षिण एशियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३” मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल भएकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....