गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२४ अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम

काठमाडौं, कार्तिक १२ ।
गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२४ (World Investor Week-2024) को अभियानअन्तर्गत एक दिने पूँजी बजार साक्षरता (Capital Market Literacy Program) कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा एक दिने पूँजी बजार साक्षरता (Capital Market Literacy Program) कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रूपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रबर्द्धन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रबर्द्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरूलाई पूँजी बजारसँग सम्बन्धी जानकारीहरू तथा महत्वको बारेमा चेतना जगाउने कार्य गरिने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया