तिहारको उपलक्ष्यमा सानिमा बैंकद्धारा बिग मार्टमा छुटको सुविधा
कवाठमाडौं, कार्तिक १४ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्ट (मेगा मार्ट प्रा.लि.) सँग छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ गतेदेखि कार्तिक १८, २०८१ सम्म लागू हुनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरू तथा १ सय २४ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया