सुनचाँदी काराेबारकाे पाँचाैँ दिन सुनकाे मूल्य एकैदिन रु. ४ हजारले घट्याे

काठमाडाैं, कार्तिक २२ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार एकैदिन सुनको मूल्य प्रति तोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले बिहीबारका लागि सुनको मूल्य
प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज प्रति तोला ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रति तोला २ हजार १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ६० रुपैयाँमा काराेबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकैदिन ३.२ प्रतिशत हाराहारीमा ओरालाे लागेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंश २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म ओरालाे लागेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पको उदयले मुद्रास्फिर्ति बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया