सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार १४:३६


काठमाडाैं, मंसिर २ ।
सन नेपाल लाईफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिब २०० जना मार्केटिङ्ग म्यानेजरहरूसहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्ताहरूलाई एक भव्य समारोहकाबीच सम्मान गरिएकाे हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा सन नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप ऊर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सीईओ अर्यालले सन नेपाल लाईफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्बाेधन गर्न आपतमा राहत दिन सन मेडिकेयर जस्तो स्वास्थ्यसम्बन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आबद्ध सम्पूर्ण अभिकर्ताहरूलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाईफ सधैँ एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईंले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रूपमा मेहनत गर्दा यही पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिनेमा जाेडसमेत दिएका छन् । चौलागाईंले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्री कलाको विषयमा उत्प्रेणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाईफले ल्याएको विभिन्न विजनेस क्लबहरूको विषयमा जानकारी दिँदै कसरी ती क्लबहरूमा पुग्न सकिन्छ भन्ने विषयमासमेत प्रशिक्षण दिँदै यस प्रदेशबाट शुक्र र चन्द्र क्लबमा पर्न सफल मार्केटिङ्ग म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ्ग म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाईफको दूरदर्शी सोच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाईफ इन्स्योरेन्सको अभिकर्ताको रूपमा चिनाउन पाउँदा गर्व महशुस हुने बताउँदै उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ्ग म्यानेजरहरूलाई गरेको सम्मानले थप ऊर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पूण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद दिए ।

चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईं, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेशअन्तर्गतका शाखा, उपशाखा प्रबन्धक, कर्मचारीलगायत २०० भन्दा बढी मार्केटिङ्ग म्यानेजरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....