गरिमा विकास बैंकद्धारा १८ औँ वार्षिकोत्सवको अवसरमा रोड रेस प्रतियोगिता हुँदै

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार २०:५६


काठमाडौं, मंसिर २ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा यही आउँदो मंसिर ८ गते शनिबारका दिन “Garima Road Race Competition-2081” को आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको “Garima Road Race Competition-2081” आयोजना गर्न गइरहेको छ । दुबै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कूल चार वटा प्रतिस्पर्धा हुनेछन् ।

खुल्लातर्फको १० किलोमिटर Garima Road Race Competition-2081 मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फको ५ किलोमिटर Garima Road Race Competition-2081 मा संघसंस्थाका कर्मचारी तथा पदाधिकारीहरूले मात्र सहभागिता जनाउन सक्नेछन् ।

Garima Road Race Competition-2081 को महिला र पुरुषतर्फको गरी चार वटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः रु. ७५,०००/-, रु. ६०,०००/-, रु. ४५,०००/-, रु. ३०,०००/- र रु. १५,०००/- नगद पुरस्कार प्रदान गरिने छ ।

Garima Road Race Competition-2081 प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

२०८१ मंसिर ७ गते १८ औँ वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौंमा Garima Road Race Competition-2081 सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरू समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सात वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रहरूसँगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा आफ्नो केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ वटासहित देशभर १ सय २३ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउण्टर र ५० वटा एटीएम मेसिनमार्फत् ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....