काठमाडाैंकाे बुढानिलकण्ठबाट जुवा खेलिरहेकाे अवस्थामा २१ जना पक्राउ

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार १९:५८


काठमाडाैं, मंसिर ३ ।
बुढानिलकण्ठ नगरपालिका-११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका-४ घर भएका २६ वर्षीय सुवास आचार्यसमेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रुपैयाँ र ओखर १३ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आफ्नै निवासबाट पक्राउ

काठमाडाैं, मंसिर ४ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आज मंगलबार आफ्नै निवास भक्तपुरबाट.....

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडाैं, मंसिर ४ । देशका केही.....