नेशनल लाईफको मिट द सीईओ कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार १७:१२


काठमाडौं, मंसिर ५ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम “मिट द सीईओ” भव्य रूपमा सम्पन्न गरेको छ ।

कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गगरेका थिए । साथै स्किममा व्यवस्था भएअनुरूप अर्लि क्वालिफायर बिजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनोट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् । साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको र छिट्टै नै अन्य प्रदेशहरूमा पनि गरिने जानकारी गराएका छन् ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनोट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनोट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यावसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । यस योजनाले अभिकर्ता र सीईओ दुबैलाई प्रत्यक्ष रूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुबै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....