‘गरिमा समृद्धि योजना’ सार्वजनिक रूपमा निष्काशन गर्न स्वीकृति

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार १८:२०


काठमाडाैं, मंसिर ५ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेड कोष प्रबर्द्धन तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबर रुपैयाँको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रूपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बोर्डले आज बुधबार स्वीकृति प्रदान गरेको हो । बोर्डको स्वीकृतिअनुसार अब छिट्टै नै सार्वजनिक रूपमा निष्काशन हुन लागेको गरिमा समृद्धि योजनाको संक्षिप्त जानकारी तालिका तल प्रस्तु गरिएकाे छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरो शेयर खातासम्बन्धी) प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको पनि कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....