क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना
काठमाडौं, मंसिर ५ ।
नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यावसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । लघु बीमाको लक्षित वर्ग नेपाल राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायको सारथीको रूपमा छबि बनाउँदै गएको क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्बोधन हुने गरी समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना आज बुधबार सार्वजनिक गरेको छ ।
समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरेपश्चात् नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रूपमा फिर्ता हुँदै जाने र बीमा अवधि समाप्तीमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकमसमेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यावसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने देखिन्छ ।
योजनाका मुख्य विशेषताहरू :
बीमा योजना : समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना
बीमाङ्क रकम : न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म
बीमितको प्रवेश उमेर : न्यूनतम १८ वर्षदेखि अधिकतम ५० वर्षसम्म
अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष
बीमा अवधि : १५/२०/२५ वर्ष
बीमा शुल्क भुक्तानी अवधि : बीमा अवधि बराबर
बीमा शुल्क भुक्तानी तरिका : वार्षिक, अर्धवार्षिक र त्रैमासिक
अग्रिम रकम फिर्ता, न्यून बीमा शुल्क, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरूका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दूर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भूमिका खेल्ने देखिन्छ ।
बीमा शुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गए पनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशतसम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमा शुल्क छुट सुविधाको सुनिश्चितता हुने देखिन्छ ।
प्रतिक्रिया