नमस्ते पेमार्फत् नेपाल टेलिकम र एनसेल सेवाहरूमा रु. १५० सम्मको आकर्षक क्यासब्याक अफर

काठमाडाैं, मंसिर ६ ।
नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम (NT) सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सार्वजनिक गरेको छ । यो अफर ४ मंसिर २०८१ देखि ३० माघ २०८१ सम्म मान्य हुने कम्पनीले जनाएकाे छ ।
यस अफरअन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै, रिचार्ज, ल्याण्ड लाइन, FTTH, र ADSL को बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा न मस्ते पे प्रयोगकर्ताहरूले २% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, “Friday Flash Offer” अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधिका लागि प्रयोगकर्ताहरूले NT र Ncell रिचार्ज गर्दा ५% (अधिकतम रु. २० सम्म) क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै, नेपाल टेलिकमका FTTH र ल्याण्ड लाइन सेवा भुक्तानी गर्दा ४% (अधिकतम रु. १५० सम्म) को क्यास ब्याक प्राप्त गर्न सकिनेछ । क्यास ब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमो कोड प्रयोग गर्नु पर्ने झन्झट रहने छैन ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्ताहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्नेछ । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सकिने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
थप जानकारीका लागि www.namastepay.com मा गएर पनि हेर्न सकिने छ ।
प्रतिक्रिया