बैंकिङ्ग कसुर मुद्धामा फरार ३९ वर्षीया महिला काठमाडाैंकाे बाैद्धबाट पक्राउ

काठमाडाैं, मंसिर ६ ।
बैंकिङ्ग कसुर (चेक बाउन्स) मुद्धामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नम्बर-९ की ३९ वर्षीया विष्णुमाया केसी रहेकी छन् ।
केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको १ करोड ५० लाख रुपैयाँको चेक दिएर फरार भएकी थिइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बौद्धबाट खटिएको प्रहरीकाे टोलीले मंगलबार काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
केसीलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।
प्रतिक्रिया