सिप्रदी र म्याक लुब्रिकेन्टसकाे २३ वर्षको अटुट र अतूल्य सम्बन्धको प्रतीक म्याक स्टार नाईट कार्यक्रम सम्पन्न

काठमाडाैं, मंसिर ७ ।
सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड संयुक्त रूपमा “म्याक स्टार नाइट्” कार्यक्रम काठमाडाैंको लाजिम्पाटस्थित सोल्टी होटेलमा गत मंगलबार आयोजना गरेको थियो ।
कार्यक्रममा सिप्रदी ट्रेडिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलियालगायत भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तर्राष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रीय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघललगायत अधिकारीहरूको उपस्थिति रहेकाे थियाे ।
म्याक स्टार नाइटमा डिलरहरूको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवं रुबी प्लस गृजको उद्घाटन समेत गरिएकाे थियाे । म्याक सिप्रदीका श्रेष्ठ १० वटा डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो ।
त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरूलाई उत्कृष्ट कार्य गरेबापत विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरूमा क्रमशः सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग, फोर बी सप्लायर्स, खेतान ट्रेडिङ, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।
प्रतिक्रिया