मनकामना केवुलकार २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश

प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार १६:५८


काठमाडौं, मंसिर ८ ।
माता मनकामनाको असिम अनुकम्पा र आशिर्वादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६ औँ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको जानकारी गराउँदा हामी गौरवान्वित भएका छौँ र आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गर्दछौँ ।

यस २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका श्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई सम्झँदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । केवुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ । २६ वर्ष पुगिसकेको यो Analogue प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टससमेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् Digital प्रणालीमा स्तरोन्नति गरिएको छ ।

साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ ।रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरीका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने छ । सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएका छौँ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।

स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको पूण्य नीतिअनुसार हामीले सुरुदेखि नै सामाजिक व्यावसायिक उत्तरदायी (CSR) नीति अंगाली आएका छौँ । जसअन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौँ । विनाशकारी गोरखा भूकम्पमासमेत यस संस्थाले सहयोग गरेको छ । CSR नीतिअनुसार नै हामीले केवुलकार टिकट आम्दानीको कूल रकमको १ प्रतिशतका दरले कूल २ प्रतिशत रकम शहीद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हीत तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौँ ।

आज हामीलाई यहाँसम्म ल्याई पुर्‍याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहीद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुबै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा यस कम्पनी हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दछ ।

यहाँसम्म ल्याई पुर्‍याउँदा यस कम्पनीका सबै तहका कर्मठ कर्मचारी मित्रहरूको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गर्दछौँ । साथै कम्पनीको समाचारहरू विगतदेखि नै सम्प्रेषण गर्दै सहयोग गर्दै आउनु भएका पत्रकार मित्रहरूलाई समेत धन्यवाद एवं आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत यहाँको स्नेह र सहयोग हुनेछ भन्ने विश्वास लिएका छौँ ।

अन्तमा, केवुलकारका श्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको मार्गदर्शन अनुरूप कार्य गर्दै जाने अठोट समेत व्यक्त गर्दै कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी सम्पूर्ण हार्दिक आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे तीन अलग-अलग स्थानमा तीन जनाकाे शव फेला

काठमाडाैं, मंसिर ८ । काठमाडौंका विभिन्न क्षेत्रमा आज शनिबार मात्रै तीन जनाकाे शव फेला परेकाे.....

मनकामना केवुलकार २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश

काठमाडौं, मंसिर ८ । माता मनकामनाको.....