गायक संजयद्वारा मनमोहक जैन भजन र गीत प्रस्तुत

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार १७:०७


काठमाडाैं, मंसिर १२ ।
नेपालको पूण्य भूमि काठमाडौंमा आचार्य श्री महाश्रमणजीका प्रबुद्ध सुशिष्य मुनि श्री रमेश कुमारजी र मुनि श्री रत्न कुमारजीको पवित्र सान्निध्यमा जैन भजन साँझ अत्यन्त हर्ष, उल्लास, उमङ्ग र उत्साहका साथ सु-सम्पन्न गरिएकाे छ ।

श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटी र सामुहिक जिनेन्द्र आराधना संस्था शाखा नेपालको संयुक्त आयोजनामा उक्त भजन साँझ सम्पन्न गरिएकाे हाे ।

आयोजक संस्थाका अध्यक्ष श्री सुभाष जैन सेठीले जानकारी दिँदै भने राजस्थानका लोकप्रिय गायक, सारेगामा जीटीभी फेम महेन्द्र कपुर वॉइस अफ राजस्थान, श्री संजय रायजादाले शानदार जैन भजन र सुमधुर गीतहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध गरे । कार्यक्रमको शुभारम्भ जैन महिला मण्डलका महिलाहरूले मंगलाचरणबाट गरेका थिए ।

अध्यक्ष सुभाष जैन सेठीले स्वागत मन्तव्य राख्दै गायक संजय रायजादाको जीवनका बारेमा संक्षिप्त परिचय दिए । सम्मानको क्रममा गायक श्री संजय रायजादा र श्रीमती अनिता रायजादालाई तिलक, माला र दुपट्टा लगाएर स्वागत गरिएकाे थियाे ।

यस अवसरमा मुनि श्री रमेश कुमारजीले बताए कि संगीतले जीवनमा ठूलो आनन्दको अनुभूति गराउँछ । संगीतका सुमधुर लहरहरूले सबैलाई आफ्नो तर्फ आकर्षित गर्दछ ।

गायक रायजादालाई ठूलो संख्यामा उपस्थित श्रोताहरूले सुने र प्रशंसा गरे । उपस्थित अतिथीहरूलाई पनि दुपट्टा लगाएर सम्मान गरिएकाे थियाे ।

तेरापन्थ महिला मण्डलकी महासचिव श्रीमती सुनीता सेठियाले कार्यक्रमको सञ्चालन शानदार ढङ्गले प्रस्तुत गरेकी थिइन् । मन्दिर कमिटीका महासचिव राजेश कुमार जैनले धन्यवाद ज्ञापन गरे ।

आयोजक संस्थाका अध्यक्ष सुभाष जैन सेठी र श्रद्धानिष्ठ श्रावक, नेपाल जैन रत्न श्री सुमेरमल नाहटाले गायक कलाकार संजय रायजादालाई भजनहरूको उत्कृष्ट प्रस्तुतिको लागि मायाको चिन्ह प्रदान गरे ।

यस कार्यक्रममा सम्पूर्ण जैन समुदायका साथमा मन्दिर समितिका पदाधिकारी, महासचिव राजेश कुमार जैन, कोषाध्यक्ष राजेश काला, सचिव संजय गुड्डु जैन, सदस्य प्रदीप जैन, संजय काला, राकेश काला, अंकित सरावगि, प्रशान्त जैन आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा मुनि श्री रमेश कुमारजीले मंगल पाठ सुनाए र कार्यक्रम सञ्चालिका सुनीता सेठियाले कार्यक्रम समापनको घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत २४ । सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको.....