महिला उद्यमीहरूले तयार पारेका सामग्रीहरूको बिक्री तथा प्रदर्शनीको आयोजना (भिडियाेसहित)
काठमाडाैं, पुष ८ ।
उद्यमी महिलाहरूले तयार पारेका विभिन्न शीप तथा व्यावसायमूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिकास्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, बलिउडकी चर्चित अभिनेत्री मनिषा कोईरालाले संयुक्त रूपमा शुभारम्भ गरेकी थिइन् । बुढानीलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्यालेस र वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडाहरू, घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तर्राष्ट्रिय ब्राण्डका तयारी पोशाकहरू प्रदर्शनीका साथै बिक्री वितरण गरिएको थियो ।
उपप्रमुख लामा र अभिनेत्री कोईरालाले महिलाहरूको शीप र उद्यमशीलता प्रबर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजनसहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रबर्द्धनमा सँगसँगै हुने प्रतिबद्धतासमेत जनाएकी छन् । साे कार्यक्रम मनिषा भट्टराई बाँसकोटा र अनु पाठकले संयुक्त रूपमा संयोजन गरेकी थिइन् ।
भिडियाेकाे लागि तलकाे लिङ्क क्लिक गर्नुहाेस् ।
https://drive.google.com/file/d/1ADdp5WH04OwIFL3OaK9eUBP6jNRumIH-/view
प्रतिक्रिया