निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसको मूल्य भने यथावत्

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार २१:२२


काठमाडाैं, माघ १८ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको हो । भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

योसँगै, काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखिएको छ । नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....