अमेरिकामा ६ जना सवार एउटा निजी जहाज दुर्घटना

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार ११:२२


एजेन्सी, माघ १९ ।
अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको छ ।

शुक्रबार फिलाडेल्फियाको रुजवेल्ट मलनजिक निजी विमान दुर्घटना भएको हो । उक्त विमान एयर एम्बुलेन्स भएको जनाइएको छ । विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्तिसमेत गरी ६ जना सवार रहेका थिए ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताइएको छ । अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन् । भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुँवा र आगो देखिएको छ ।

गत बुधबार पनि राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकाेप्टर आकासमा ठोक्किएर खस्दा ६७ जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....