साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ को मृत्यु

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार १२:१५


एजेन्सी, माघ १९ ।
साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

दुर्घटनामा परी १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली, ९ जना भारतीय र ३ जना घानाका नागरिक छन् । एक जना नेपाली घाइते भएका छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । उनीहरूको नेपालको ठेगाना खुलाइएको छैन ।

जिजानबाट २६ जना कामदारलाई कार्यस्थलतर्फ लिएर जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....