आन्दोलनरत् पक्षसँग ६ बुँदे सहमतिपश्चात् निर्माण कार्य स्थगनको निर्णय

प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार २३:०८


काठमाडाैं, माघ २२ ।
ताप्लेजुङस्थित मुक्कुमलुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा उत्पन्न विवाद समाधानका लागि सरकारले आन्दोलनरत पक्षसँग छलफल गरी ६ बुँदे महत्त्वपूर्ण सहमति जुटाएको छ ।

गृह मन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत विभिन्न पक्षबीच भएको वार्तामा पाथीभरा केबलकार स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने निर्णय गरिएको हो । स्टेशनसँग सम्बन्धित थप विषयमा आगामी माघ २७ गते विस्तृत छलफल गर्ने सहमति भएको छ ।

सहमतिअनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने भएको छ । त्यसैगरी, माघ १२ गते भएको घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्ने निर्णयसमेत भएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई बिना सर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने छ भने मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ ।

त्यसैगरी, पाथीभरा केबलकार आयोजनाका असहमति र अन्य विवादित विषयमा माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गर्ने तय भएको छ ।

पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदाय, संरक्षणवादी समूह तथा विभिन्न किराँत लिम्बु संस्थाहरू असन्तुष्ट रहँदै आएका छन् । गत माघ १२ गते केबलकार निर्माणस्थलमा भएको झडपपछि पूर्वी नेपालमा तनाव चुलिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....