रास्वपा सभापति लामिछाने ५४ लाख धराैटी बुझाएर हिरासतबाट रिहा, भने याे प्रसव पीडा हाे

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार १९:२८


काठमाडाैं, माघ २४ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले मागेको ५४ लाख रुपैयाँ धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

‘चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो र देवता जस्ता मान्छे बस्ने ठाउँ हो । त्यसैले मलाई होइन, देशलाई न्याय गर्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने, ‘चितवनले देशमा परिवर्तन चाहिन्छ भनेर सुरुवात गरेको हो । प्रसव पीडाको बेला आमालाई जस्तो पीडा हुन्छ । त्यस्तै परिवर्तनका लागि भएको प्रसव पीडा हो । परिवर्तन जन्मँदै छ ।’


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....