काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार १२:३१


काठमाडाैं, माघ २५ ।
ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ । काठमाडौं महानगरपालिका ठमेलस्थित अमृत मार्गमा ड्युटीमा खटिएका क्यूआरटी (क्वीक रेस्पोन्स टीम) का रघु घर्ती र नगेन्द्र बिष्टमाथि कुटपिट भएको हो । उनीहरू दरबारमार्ग वृत्तबाट ड्युटीमा खटिएका थिए ।

श्रोतकाअनुसार उनीहरूमाथि कुटपिट गर्ने नेकपा (एमाले) निकट अनेरास्ववियु निकट विद्यार्थी नेताहरू कमल जोशी र दिनेश सिग्देलसहित रहेका छन् ।

मदिरा पिएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउन खोजेको तर, त्यसबेला उनीहरू नै जाइलागेको श्रोतको भनाई छ । उनीहरूले प्रहरीले प्रयोग गरेको मोटरसाइकल र हेलमेटसमेत तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार उनीहरूको खोजी कार्य भइरहेको जनाएको छ । उनीहरू अहिले फरार छन् । ‘सिसिक्यामेराका आधारमा उनीहरूको खोजी भइरहेको छ,’ बोहराले भने।

घाइते घर्ती र बिष्टको उपचार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More