अमेरिकामा १० यात्रु सवार व्यावसायिक विमान बेपत्ता

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार १३:३४


एजेन्सी, माघ २५ ।
अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । उक्त विमान दुर्घटना भएको आशंका गरिएको छ ।

अलास्का राज्य प्रहरीकाअनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई शहर नोर्टन साउन्डमा एकअर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित रहेको छ ।

खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना रहेको छ ।

गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त ईलाकामा अर्को एउटा मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । जसमा १९ जना यात्रु घाइते भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More