आक्रमणको क्रममा अपहरण गरिएका थप तीन इजरायली बन्धक रिहा

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार १८:४७


एजेन्सी, माघ २६ ।
सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको क्रममा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १ सय ८३ जना कैदीलाई रिहा गरेको छ ।

शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ वर्षीय एली शाराबी र ३४ वर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ ।

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल-बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को जिम्मा लगाएको हो । कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाई राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल-कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।

हमासले बन्धक बनाएका तीन जना इजरायली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।

इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्ध विराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक-कैदी साटासाटको यो पाँचौँ समूह हो ।

यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १ सय ८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । गाजा युद्ध विराम सम्झौताअन्तर्गत इजरायलले १ सय ८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल-जाघारीकाअनुसार रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको बसबाट रामल्लाह ल्याइएको छ । टिभी फुटेजमा रिहा भएका प्यालेस्टिनीहरूलाई शहरको एक चोकमा ठूलो भीडले स्वागत गरेको देखाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....