विद्यार्थीको गालामा डाम्ने स्कूलकी शिक्षिका श्रेष्ठ पक्राउ

काठमाडाैं, माघ ३० ।
हल्ला गरेको निहुँमा तातो पन्युँले विद्यार्थीको गालामा डाम्ने शिक्षिका पक्राउ परेकी छन् ।
तनुहँको भिमाद नगरपालिका-६ शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिका तथा लेखापाल सुश्मा श्रेष्ठले हल्ला गरेको भन्दै मङ्गलबार कक्षा ४ मा अध्ययनरत् तीन विद्यार्थीलाई तातो पन्युँले डामेकी थिइन् ।
सोही स्थान बस्ने श्रेष्ठलाई प्रहरीले आज बुधबार पक्राउ गरेर बालबालिकाविरुद्धको कसुरमा मुद्दा चलाएको छ । जिल्ला अदालत, तनहुँले उनलाई पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।
बालबालिकाहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया