पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार २०:५८


काठमाडौं, फागुन ३ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टितेलको साबिक मूल्यमा ४ रुपैयाँ घटाएको हो ।

आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोश्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेश्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ ।

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोश्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेश्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

निगमकाअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे त्रिपुरेश्वरमा फेला परेकाे शंकास्पद वस्तु डिस्पाेज

काठमाडाैं, फागुन ६ । काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरस्थित बस स्टपनजिकै शंकास्पद वस्तु.....