काठमाडौं विश्वकै चौथो वायु प्रदूषित शहरमा सूचिकृत

काठमाडौं, फागुन ५ ।
काठमाडौं विश्वकै चौथो वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरकाअनुसार आज सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित शहर बनेको हो । त्यस्तै दक्षिण एशियाली मुलुक बंगलादेशको ढाका दोश्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
तेश्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।
प्रतिक्रिया