अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न ‘साम्बा’ स्वदेश आइपुगिन्

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार १४:०६


काठमाडौं, फागुन ५ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज सोमबार स्वदेश फर्किएकी छन् ।

फ्रान्समा व्यावसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहलगायतले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ ।

यसअघि, उक्त प्रतियोगिताका लागि यूएइको लिग खेलिरहेकी रेखा पौडेल र ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छ भने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छ भने ११ गते म्यानमारसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ रहेका छन् ।

फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....