सुनचाँदी कारोबारको तेश्रो दिन आज सुनमा प्रति तोला ७ सयले बढ्यो

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार १२:२२


काठमाडाैं, फागुन ६ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढावसँगै नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार पनि सुनको मूल्य घटबढ भएको छ ।

नेपाल सुनचाँदी व्यसवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रति तोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएकामा आज बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

आज, चाँदीको मूल्य भने स्थिर छ । अर्थात् आज पनि सोमबार जस्तै चाँदी प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....