केआईआईटीले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यावहारको घटनाप्रति मागे माफी

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार १४:१०


एजेन्सी, फागुन ६ ।
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यावहारको घटनामा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यावहारप्रति पनि हामी दुःखी छौंं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानी पुर्‍याएका छैनौँ ।’

दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको उनको भनाई छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा भनिएको छ । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यावहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।

पत्रमा भनिएको छ, ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौँ र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ ।

उनीहरू (नेपाली विद्यार्थी)लाई भारतीय जस्तै माया गरेको उल्लेख गर्दै उनीहरूलाई तुरुन्तै नियमित अध्ययनमा सामेल हुन पत्रमार्फत् अपिल गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....