काठमाडाैंकाे त्रिपुरेश्वरमा फेला परेकाे शंकास्पद वस्तु डिस्पाेज

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार २०:४१


काठमाडाैं, फागुन ६ ।
काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरस्थित बस स्टपनजिकै शंकास्पद वस्तु फेला परेको आशंकामा सुरक्षा निकायले उच्च सतर्कता अपनाएकाे छ । उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शंकास्पद वस्तु भएको सूचना पाएपछि अनुसन्धानका लागि टोली खटाइएको जानकारी दिएका छन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘केही शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त भएकाले हामी बुझ्दै छौँ ।’

कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको घटनास्थलमा रहेका एक प्रहरी जवानले जानकारी दिए ।

हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ भने एम्बुलेन्सहरू पनि उक्त स्थानतर्फ गइरहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीकाअनुसार नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।

उक्त वस्तुमा के राखेकाे हाे साेबारे भन्ने अहिले नै प्रस्ट भने हुन सकेकाे छैन ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....