काठमाडाैंकाे विश्वज्याेती हलनजिक बसकाे ठक्करबाट डल्लु बस्ने ५६ वर्षीय पुरुषकाे मृत्यु

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार १७:३७


काठमाडाैं, फागुन ७ ।
काठमाडौं महानगरपालिका-१ विश्‍वज्योती हलनजिक सडकमा भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको बा. ५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके-बैजनाथ गाउँपालिका-१ पन्ध्र नम्बर मोडनजिक सडकमा जुम्लादेखि नेपालगञ्जतर्फ आउँदै गरेको बा. प्र. ०१-००६ ख ७४७१ नम्बरको मिनि बस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार भारत विहार घर भएका उमेश साहको मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी कार्य जारी रहेको छ ।

रोल्पा-माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा सोही गाउँपालिका-४ टुपबोटबाट दारबोटतर्फ जाँदै गरेको ना. ८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-५ बस्ने ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रबर्द्धन’ सम्पन्न

काठमाडाैं, फागुन ९ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....