राति देशका पाँच वटा प्रदेशमा हिउँ पर्ने प्रबल सम्भावना

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार २०:३३


काठमाडाैं, फागुन ७ ।
आज बुधबार राति देशका पाँच वटा प्रदेशमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको हो । यीमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ पर्ने सम्भावना अलि बढी रहेको मौसम महाशाखाले जानकारी दिएको छ ।

कोशी प्रदेशकाे हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।

मधेश प्रदेशकाे तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।

वागमती प्रदेशकाे हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।

गण्डकी प्रदेशकाे हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेकाे छ भने तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।

लुम्बिनी प्रदेशकाे पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेकाे छ ।

कर्णाली प्रदेशकाे हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने देखिएकाे छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....