काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एकको मृत्यु, एक घाइते

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार ०८:५१


काठमाडाैं, फागुन ८ ।
जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा आज बिहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको वागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....