हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुषको शव फेला

काठमाडाैं, फागुन ८ ।
काठमाडौंको हनुमानढोकामा एक जना व्यक्ति मृत अवस्थामा फेला परेकाे छ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसार अन्दाजी ३०-३५ वर्षका पुरुषको शव आज बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको एक अधिकृतले बताए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हत्या जस्तो देखिन्छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ’, एक अनुसन्धान अधिकृतले बताए ।
प्रतिक्रिया