बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ ।
प्युठानको बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
बाग्दुलाबाट फोप्लीतर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका-७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुनमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
प्रतिक्रिया