मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ ।
मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका-६ का ४२ वर्षीय सञ्जीव कुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।
जोहरबहरूको सेनाइमा बुधबार बाटो काट्ने क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । सेक्युरिटी गार्डको काम गर्ने श्रेष्ठ ड्युटी सकेर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
सन् २०१७ मा वीरा सेक्युरिटी सर्भिस कम्पनीमा काम गर्न पुगेका उनी त्यहाँबाट फर्किएर फेरि अर्को कम्पनीमा गएका थिए । सन् २०२३ मार्चमा नुर अपरच्युनिटी ओभरसिज म्यानपावर कम्पनीबाट ब्ल्याकगोल्ड सेक्युरिटी कम्पनीमा काम गर्न गएका थिए । गएको दुई वर्ष पुग्न लाग्दा उनको मत्यु भएको हो ।
उनको शव नेपाल झिकाइदिन बुधबार नेपाली राजदूताबास मलेसियासँग आग्रह गरेका छन् । वडा कार्यालयले दूताबासमा पत्राचार गरिसकेकाे छ ।
प्रतिक्रिया