‘नाे केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहार, १२ घाइते

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार १९:०९


काठमाडाैं, फागुन ८ ।
पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच आज बिहीबार दिउँसो झडप भएको छ ।

पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनकाअनुसार झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । घाइते हुनेमा सुरक्षाकर्मीको संख्या बढी रहेकाे छ ।

प्रजिअ शर्माले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्याँस प्रहार गरेको जानकारी दिए । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको थियो ।

शर्माकाअनुसार निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थिए । त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुङ्गा हान्न सुरु गरेपछि झडप भएको उनको भनाई छ ।

उनकाअनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन् । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुमलुङ संयुक्त संघर्ष समिति र मुक्कुमलुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन भइरहेको छ । तर, ताप्लेजुङका जनप्रतिनिधिदेखि बहुसंख्यक स्थानीय भने केबलकारको पक्षमा छन् । केबलकार पक्षधरले केबलकार बन्नुपर्ने मागसहित यसअघि फुङलिङमा सद्‍भाव र्‍यालीसमेत निकालेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रबर्द्धन’ सम्पन्न

काठमाडाैं, फागुन ९ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....