भाजपाकी सांसद् रेखा गुप्ताद्वारा मुख्यमन्त्री पदकाे शपथ ग्रहण

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार १४:५४


एजेन्सी, फागुन ८ ।
भारतीय जनता पार्टीकी सांसद् रेखा गुप्ताले केन्द्रीय राजधानी दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।

दिल्लीको राम लीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य नेताहरूकाे उपस्थित रहेकाे थियाे । मुख्यमन्त्री गुप्तालाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले पद तथा गोपनीयताको शपथ खुवाएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । यसअघि दिल्ली नगर निगमको मेयरसमेत भइसकेकी उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष पनि हुन् । गुप्ताका साथै प्रवेश बर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्री पदको शपथ लिएका थिए ।

२७ वर्षपछि सत्तामा फर्किएको भाजपाले कूल ७० सिटमध्ये ४८ सिट जितेको छ । बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रवेश बर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरबिन्द केजरीवाल र कांग्रेसका उम्मेदवार सन्दीप दीक्षितलाई विधान सभा चुनावमा हराएका थिए । यसअघि आम आदमी पार्टीमा समेत रहिसकेका कपिल मिश्रा अरबिन्द केजरीवालको सरकारमा पनि मन्त्री थिए ।

दिल्ली विधान सभा चुनावमा भारतीय जनता पार्टीले ७० मध्ये ४८ सिटमा जित हासिल गरी आम आदमी पार्टीको एक दशक लामो शासनको अन्त्य गरिदिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रबर्द्धन’ सम्पन्न

काठमाडाैं, फागुन ९ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....