भक्तपुरमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार १३:२९


काठमाडाैं, फागुन ९ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएको तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरकाअनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका-४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सूर्यविनायक नगरपालिका-९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर रहेको छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका-११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रबर्द्धन’ सम्पन्न

काठमाडाैं, फागुन ९ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....