नयाँ सभापति चयन भएपछि पहिलो पटक सार्वजनिक लेखा समितिको बैठक

काठमाडौं, माघ २४ ।
संसद्को सार्वजनिक लेखा समितिको बैठक आज बस्ने भएको छ । सभापति चयन भएपछि पहिलो पटक बस्न लागेको बैठकमा समितिको आगामी कार्ययोजना, तत्काल समितिले गर्नुपर्ने कामको सूचीका विषयमा छलफल हुने भएको छ ।
आज बस्न लागेको पहिलो बैठक भएकाले एजेण्डा तय नभए पनि बैठक संसद्को लेखा समिति योबीचमा गर्नुपर्ने तर गर्न नसकेका कामका विषयमा छलफल हुने समितिका सदस्य एवं कांग्रेसका सांसद् रामहरी खतिवडाले जानकारी दिए ।
उनकाअनुसार बैठक अहिले बस्दै छन् । समितिको सभापतिमा माओवादी केन्द्रका नेता डोरप्रसाद उपाध्याय सभापति चयन भएका थिए ।
प्रतिक्रिया