जुवातास खेलिरहेकाे अवस्थामा काठमाडाैंबाट १९ जना पक्राउ

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहीबार १५:४३


काठमाडाैं, चैत ७ ।
टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीकाे टाेलीले उनीहरूलाई नगद ७८ हजार रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं, टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइएकाे जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत २४ । सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको.....