तीनकुनेमा भएको आन्दोलनको क्रममा पत्रकार रजकको मृत्यु, मृत्यु संख्या दुई पुग्यो

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार १९:३३


काठमाडाैं, चैत १५ ।
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए । उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।

दाहालकाअनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए । सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए ।

प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे । उनले भने, ‘आगलागी भएको घरबाट एक जनाको शव निकालेका छौँ, पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए । त्यस्तै, झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ । योसँगै आज शुक्रबार भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ

काठमाडाैं, चैत १९ । युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले.....