शाही युवा शक्ति नेपालका अध्यक्ष खड्कासहित दुई पक्राउ, याेसँगै पक्राउ पर्नेकाे संख्या ११३ पुग्याे

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार २०:३२


काठमाडाैं, चैत १६ ।
नेपाल प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई आज शनिबार साँझ काठमाडाैंको बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ । शुक्रबार काठमाडाैंको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए । यसअघि, प्रहरीले सोही घटनामा संलग्न रहेकाे आराेपमा १ सय ११ जनालाई पक्राउ गरिसकेको छ ।

शुक्रबारनै १ सय ५ जना पक्राउ परेकामा शनिबार थप ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत रहेका छन् । थप दुई जना पक्राउ परेसँगै तीनकुने घटनामा प्रहरी हिरासतमा पुग्नेको हालसम्म कूल संख्या १ सय १३ जना पुगेको छ ।

यसैबीच, तीनकुने घटनामा संलग्न रहेका जनकमाण्डर दुर्गा प्रसाईं भन्ने हालसम्म पनि फरार रहेका छन् । उनकाे खाेजी कार्य तीब्र रूपमा भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....