राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्रीसहित ११ जनालाई राज्यविरुद्ध कसुर, बाँकीलाई अपराधिक उपद्रव (फाेटाेसहित)

प्रकाशित मिति: १६ चैत्र २०८१, आईतवार १७:५९


काठमाडाैं, चैत १७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ ।

आज आइतबार उनीहरूलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका नेताद्वय मिश्र र राणालगायतलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियाे । तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णयसहित प्रहरीले उनीहरूलाई आइतबार अदालत लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरू बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।

चैत १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा उनीहरूलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।

आइतबार नै प्रहरीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याएको थियो । त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरूको म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुबै नेताहरू सहभागी बनेका थिए ।



प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....