सञ्चारकर्मी रजकलाई शहीद घोषणा र उचित क्षतिपूर्ति माग, अर्को ज्यान गुमाएका महर्जन बेवारिसे !

प्रकाशित मिति: १६ चैत्र २०८१, आईतवार २२:३१


काठमाडाैं, चैत १७ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहीद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । तर, साेही दबूका तत्कालीन संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन कीर्तिपुरका स्थानीय बासिन्दा हुन् तर, उनले साेही स्थानीय जाे आन्दाेलनकाे क्रममा प्रहरीकाे गाेली लागेर मृत्युवरण गरे जाे २९ वर्षीय सविन महर्जन छ्न् उनी अर्काे बेवारिसे लाश भएर अघाेषित गरेका हुन् । उनकाे आर्थिक अवस्था र परिवारले दयनीय जीवन यापन गरिरहेका छन् । उनलाई पनि शहीद घाेषणा गर्नुपर्छ भन्ने कुराकाे हेक्कासम्म किन गरिएन ? कि पत्रकारकाे कर्तव्य पत्रकारलाई मात्र लागू हुने हाे ? दुबै जना नेवार हुन् । दुबैकाे घटनामा उति नै अहम् भूमिका छ । भलै आन्दाेलनले निश्कर्ष आएन ।

सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आज आइतबार बसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेको हो । ठीक छ सही गर्नु भयाे तर, कीर्तिपुरबासी २९ वर्षीय सविन महर्जनलाई किन सम्झिन चाहेन ? यसमा पनि ध्यान जानु अत्यावश्यक छ ।

धर्नामा विभिन्न वक्ताहरूले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मर्ने र सञ्चारगृहमाथि भएको आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएकोमा आलोचनासमेत गरेका थिए । घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

सोही अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चारगृह र सञ्चारकर्मी मारिएकोमा दुःख व्यक्त गरे । सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उनलाई शहीद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै चैत १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई शहीद घोषणा र परिवारप्रति संवेदनशील भई परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै उनले पत्रकार मारिएको विषयमा गृह मन्त्रालयलाई जवाफदेही बन्न आग्रह गरे ।

धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरे । सरकारले सञ्चारकर्मी रजकलाई शहीद घोषणा गर्न माग गरे ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबारको तीनकुनेमा भएको घटना लुकाउन नहुने बरु न्यायिक छानबिन समिति गठन गर्न सुझाव दिएका छन् ।

सोही अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो नभएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरू अनुत्तरित रहेकाले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गरेका छन् ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के-के मानन्धरले तीनकुनेमा भएका अराजक घटना सुनियोजित रहेको बताउँदै त्यसमा गृह प्रशासन चुकेको आरोप लगाएका छन् ।

यसैबीच, साेही आन्दाेलनमा पहिलाे शहादत प्राप्त कीर्तिपुरका स्थानीयबासी सविन महर्जनलाई कसैले नामसमेत लिन चाहेन किन ? के पत्रकार दबूकाे भूमिका मात्र पत्रकारमा मात्र सीमित हाे ? साेही आन्दाेलनमा अरू काेहीले जीवन दाउमा लगाएन मात्र एक पत्रकारमाथि मात्र आँखा गएकाे हाे ? यसकाे अर्थ याे हाेइन कि पत्रकार मित्र सुरेश रजकले आफ्नाे क्षेत्रमा आहुतीसमेत दिए । तर, महर्जनले बिनासित्तै आफ्नाे छातीमा गाेली थाप्न गएकाे हाे ? यसकाे जवाफ किन दिन सकेन पत्रकार मित्रहरूले ? दुबै नेवार एक हुन् । दुबै जना साेही आन्दाेलनमा आ-आफ्नाे भूमिका निभाएका छन् । सम्बन्धित निकाएकाे ध्यान जान अत्यावश्यक छ । हामी सबै एक हाैँ । पत्रकार मात्र व्यक्ति अरू जे सुकै हाेस् भन्ने मानसिकता पाल्नु याे नै अहिलेकाे वास्तविक … ?


प्रतिक्रिया

ताजा खबर

More

साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ

काठमाडाैं, चैत १९ । युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले.....