भारी वर्षाका कारण भारतमा चार तले भवन भत्किँदा ४ जनाकाे मृत्यु

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार ०९:२९


एजेन्सी, बैशाख ६ ।
भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा पनि ४ जनाको मृत्यु भएको छ । उक्त घटना शनिबार बिहान करिब साढे २ बजेकाे समयमा भएको हो ।

भग्नावशेषमा परी अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ । राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको जनाएकाे छ ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २ बजेर ५० मिनेटकाे समयमा घर भत्किएको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ । प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ ।’

शुक्रबार राति दिल्लीको मौसम एकाएक बदलिएको थियो । भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षतिसमेत पुगेको छ । साेही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....