बंगलादेशमा एक हिन्दु नेताकाे अहपरण गरी कुटेर हत्या

प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार ०७:५८


एजेन्सी, बैशाख ७ ।
बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरेर हत्या गरिएको छ ।

हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो ।

भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ । अपराधीहरू निर्धक्क घुमिरहेका छन् ।’

भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाईका उपाध्यक्ष थिए ।

भारतीय सञ्चारमाध्यमकाअनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन् ।

अगष्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरुद्ध आक्रमण बढ्दै गइरहेकाे छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसद्मा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन् ।

यस मात्र वर्ष हालसम्म ७२ वटा यस्ता घटना भइसकेको उनले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....