ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउने

काठमाडाैं, बैशाख ७ ।
ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । यसअघि, उनी शुक्रबार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो । अब रोबर्टो कार्लोस पर्सि मंगलबार काठमाडौं आइपुग्ने भएका छन् ।
त्रिपुरेश्वरको दशरथ रंगशालमा चलिरहेको नेपाल सुपर लिग एनएसएल फुटबलमा उनी अतिथीका रूपमा नेपाल आउन लागेका हुन् । उनले बुधबार हुने दोश्रो क्वालिफायर रंगशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ । रोबर्टो कार्लोसले मंगलबार नै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । कार्लोसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।
प्रतिक्रिया