विद्यालयकाे चाबी बाेकेर काठमाडाैं आउन विद्यालयका कर्मचारीलाई निर्देशन

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार १८:२७


काठमाडाैं, बैशाख ९ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी नै बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीहरूलाई निर्देशन दिएको छ । आज मंगलबार परिषद्ले एक विज्ञप्ति जारी गरी अबकाे २४ घण्टाभित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत् सूचना प्राप्त भएको २४ घण्टामा चाबी नै लिएर काठमाडौंमा जारी रहेकाे ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ ।

याेसँगै आन्दाेलनकाे समय पनि परिवर्तन गरिएकाे छ । अबदेखि आन्दाेलनकाे समय बिहान १० बजेदेखि गर्ने पनि परिषद्ले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....